Feeds:
Posts
Comments

Archive for April, 2010

Classic batsman Sharad Veswakarनेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले आइतबार राष्ट्रिय क्रिकेट खेलाडी शरद भेषावकरले नागरिकता नपाएको बारेमा गृहमन्त्री भीम रावललाई जानकारी गराएको छ।

संघका अध्यक्ष दीपक विष्ट र महासचिव दीपक श्रेष्ठको नेतृत्वमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कासहितको टोलीले रावललाई भेटी शरदको नागरिकताबारेमा विस्तृत जानकारी गरायो।

राष्ट्रिय क्रिकेटर शरदले आफूले झन्डै १० वर्षदेखि नेपालका लागि खेल्दै आए पनि नागरिकता नहुँदा विभिन्न समस्या र दबाब भोग्नुपरेको रावललाई सुनाएका थिए। प्रतिभाशाली ब्याट्सम्यान भेषावकरलाई आमा नेपाली र बुवा विदेशी भएका कारण नागरिकता दिइएको छैन। रावलले यतिका वर्षसम्म शरद्ले नागरिकता नपाएकोमा आश्चर्य व्यक्त गर्दै किन रोकेको त्योबारे बुझेर कानुनी प्रक्रियासहित अगाडि बढ्न निर्देशन दिने आश्वासन दिए। संघका अध्यक्ष विष्टले शरद्लाई नागरिकता नदिएमा खेलाडीहरू आन्दोलन गर्न समेत पछाडि नपर्ने बताए।

शरद सन् २००२ देखि शरद नेपाली टोलीबाट खेल्दै आएका छन्। २००२ मा यूएईमा भएको यू-१५ एसिया कप पहिलो पटक खेलेर नेपाल फर्केलगत्तै बुवाको निधन भएकाले उनले नागरिकता लिन समस्या झेल्दै आएका छन्। नेपालले २००३ र २००५ मा एसिसी यू-१९ कप जित्दाका प्रमुख खेलाडी शरद अहिले राष्ट्रिय टोलीका प्रमुख ब्याट्सम्यान हुन्। उनले भर्खरै काठमाडौंमा सम्पन्न पेप्सी विश्व क्रिकेट डिभिजन- ५ मा फिजीविरुद्ध सानदार सतक र कुवेतमा भएको एसिसी ट्रफीमा मलेसियाविरुद्ध सेमिफाइनलमा अविजित ९७ रन बनाएका थिए।

Source- नागरिक

Read Full Post »

Roy Dias to leave soon

Roy Dias and Paras Khadka after winning WCL Divison 5 in Kathmandu

Nepali captain Paras Khadka gave a clue that Roy Dias, the Nepalese coach is going to leave soon. In a talk show programme ‘PAWANKALI SHOW’ on Kantipur TV Khadka gave hints that Mr Dias will be replaced this year.
Former Sri Lankan international has been a coach for Nepal since 2000.

Read Full Post »

ANFA is giving away apartment home to the league’s best player. It was known to all that the league’s best player would get Toyota Yaris Car. The long serving player to the nation and some contribution from League football is calculated while announcing the name of the candidate.It is “Open” secret that former Nepal Captain, Rakesh Shrestha is sure to get apartment home.

goalnepal.com

It is also learnt that ANFA is going to sign a MoU with Apartment homes soon.

Details to follow..

Read Full Post »

All Nepal Football Association (ANFA) has got 40 world cup tickets to World cup to be held in South Africa. Asian Football Confederation (AFC) confirmed those tickets today.

Details to follow………..

Read Full Post »

Nabil Three Star players in national stadium

The picture has created sensation in Nepalese football field after the leading newspaper Republica published the picture of Nabil Three Star Club players peeing in the public place at Dasrath Stadium. The sensational photo in which players are peeing in line shows NTSC goalie Padam Limbu kicking his mate.There is toilet inside the stadium but Players opted to pass water in open area.
Source:goalnepal.com

Read Full Post »

कठिन प्रतिद्वन्द्वी मनाङ-मस्र्याङदीको चुनौती २-० ले समाप्त पार्दै शुक्रबार पुलिसले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा चार अंकको स्पष्ट अग्रता हासिल गरेको छ । अर्को खेलमा पुच्छरको ब्वाइज युनियनलाई ४-० ले हराएर आर्मीले शीर्ष चारमा पकड बलियो पारेको छ । लिगमा अपराजित एक्लो टोली पुलिस ३२ अंकसाथ शीर्षस्थानमा छ । त्यसपछि नबिल थ्री-स्टार र एनआरटीको समान २८-२८ अंक छ । राम्रो गोल औसतका आधारमा पाटने क्लब थ्री-स्टार दोस्रो स्थानमा छ । चौथो स्थानमा रहेको आर्मीको खातामा २५ अंक छ । चारै टिमले १४-१४ खेल खेलेका छन् ।

‘लिगमा एक अंक पनि निक्कै महत्त्वपूर्ण हुने गर्छ,’ डिफेन्डिङ च्याम्पियन पुलिसका प्रशिक्षक विराटकृष्ण श्रेष्ठले भने, ‘त्यसैले चार अंकको अग्रतालाई महत्त्वपूर्ण सफलता मान्नुपर्छ । यसले उपाधि होडमा सजिलो पार्नेछ ।’ यो लिगमा चार अंकको अन्तर शीर्ष दुई क्लबबीचमा सबैभन्दा ठूलो दूरी हो । चिरपरिचित प्रतिद्वन्द्वी मनाङ-मस्र्याङदी र पुलिसको खेल निक्कै रोमाञ्चक रह्यो । बराबर स्तरको खेलमा पहिलो गोल गरेकाले नै पुलिसको जित सम्भव भएको विराटकृष्णले बताए । ‘मनाङ-मस्र्याङदीले पनि मौका पाएको हो, सदुपयोग गर्न सकेन,’ उनले थपे । पुलिसलाई पूरा तीन अंक दिलाउन जुमनु राई र पर्वत पाण्डेले गोल गरे ।

रविन श्रेष्ठले प्रहार गरेको फ्रि-किकमा हेडद्वारा बल फि्लक गर्दै जुमनुले पुलिसलाई २६ औं मिनेटमा अग्रता दिलाएका थिए । लिगमा उनको यो छैटौं गोल हो । सर्वाधिक गोलकर्ताको सूचीमा उनीभन्दा अगाडि थ्री-स्टारका सन्तोष साहुखल (१५), एनआरटीका सयन मोसाभी (८) र आर्मीका गणेश लावती (७) छन् । मनाङ-मस्र्याङदीका गोलकिपर विशाल श्रेष्ठले सही अनुमान गर्न नसकेपछि मैदानको मध्यभागबाट पर्वत पाण्डेले प्रहार गरेको फ्रि-किकले ४७ औं मिनेटमा जाली चुमेको थियो । विशालको ठीक अगाडि बाउन्स हुँदै बलले पोस्टको दिशा लिएपछि पुलिसको नवौं जित निश्चित भएको थियो । तीव्र गतिमा भएको खेलको सुरुआती २० मिनेटमै मनाङ-मस्र्याङदीले चार र पुलिसले एक गोलको स्वणिर्म अवसर गुमाएका थिए ।

पहिलो चरणको भेटमा पुलिससँग मनाङ-मस्र्याङदी १-० ले हारेको थियो । अनुभवको कमीले खेल हारेको मनाङ-मस्र्याङदीका प्रशिक्षक छिरिङ लोप्साङले बताए । ‘सबै खेलाडी जुनियर छन्,’ उनले भने, ‘राम्रै खेले, तर गोल भएन । अनुभवी खेलाडीको फाइदा पुलिसलाई रह्यो ।’ पहिलो गोल नै हारको टर्निङ प्वाइन्ट भएको उनको ठहर थियो ।

गतवर्षको उपविजेता आर्मीको जितमा चारै गोल पहिलो हाफमा सम्भव भए । सुरुमै धेरै गोल भएकाले खेलाडीले सहज लिएकाले दोस्रो हाफमा गोल थप्न

नसकेको प्रशिक्षक राजुकाजी शाक्यले बताए । पहिलो हाफमा आर्मीसँग ब्वाइज युनियन निरीह देखिन्थ्यो । दोस्रो हाफमा भने ब्वाइज युनियनले सुधारिएको

प्रदर्शन गर्‍यो ।

आर्मीको सातौं जितमा अमृत बस्नेतले दुई र रामकुमार विश्वासले एक गोल गरे । थप एक गोल पले खडकाको नाममा आत्मघाती रह्यो । उनले लिगको उद्घाटन खेलमा पुलिसविरुद्ध पनि आत्मघाती गोल गरेका थिए ।

कमान्डो ट्रेनिङमा शनिबारदेखि सहभागी हुने भएकाले आर्मीका गोलकिपर विकास मल्लले यो लिगमा सम्भवतः अन्तिमपल्ट पोस्ट सम्हाले । उनको स्थानमा ७८ औं मिनेटमा गंगाराम देउजा प्रवेश गरे । ‘गंगाराम राम्रो सम्भावना भएका गोलकिपर हुन्,’ प्रशिक्षक राजुकाजीले भने, ‘विकासको अभाव खट्कन उनले दिने छैनन् ।’

पाँच महिने कमान्डो प्रशिक्षणमा सहभागी हुनुअघि आर्मी टिमका कप्तान विकासले १४ खेल्ने खेल्ने क्रममा १ हजार २ सय ४८ मिनेट पोस्ट सम्हालेका थिए ।

Read Full Post »

Due to Volcanic eruption in Iceland and its toxic gas floating on air in Europe, Richmond Mavericks FC UK has canceled their trip to Nepal due to unavailability of flights. The tour organizer Nepal Laya and NRT, both, confirmed the same. “We got their email this afternoon after their canecellation. Now we will plan as per their preferable time”, NRT Club Seceretary, Binaya Pradhan told GoalNepal.com.

Richmond Mavericks was supposed to play four friendly matches with Nepalese Clubs.

Read Full Post »

Older Posts »