Feeds:
Posts
Comments

१६ औ एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपालले मालदिव्सलाई ७५ रनले पाराजित गरेको छ ।

समूह चरणको आफ्नो पहिलो खेलमा हङकङसँग पराजित नेपालले दोस्रो खेलमा सोमबार नेपालको १३० रनको लक्ष पछ्याएको मालदिभ्सलाई मात्र ५४ रनमा भेटेको थियो । लगातार विकेट झरेपछि खुलरे ब्याटिङ गर्न नसकेको मालिदिभ्सले निर्धारित ओभरमा ८ विकेट गुमाएर मात्र ५४ रन जोड्न सक्यो ।

नेपालको जीतमा राहुल विश्वकर्माले ३, पृथ्वी बाँसकोटाले २ र महबुब आलम तथा शरद भेषवाकरले १-१ विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२९ रनको योगफल तयार पारेको थियो । नेपालका लागि विनोद भण्डारीले ३२, क्याप्टेन पारस खडकाले २५, वशन्त रेग्मी र शरद भेषवाकरले १४ रनको यागदान गरे । यस्तै महेश क्षेत्रीले १०, पृथ्वी बाँसकोटाले ९, महबुब आलमले ६, ज्ञानेन्द्र मल्लले ५ र अनिल मण्डलले २ तथा राहुल विक र विनोद दासले १-१ रनको योगदान दिए ।

समूह विजेता भएमा नेपालले अफगानिस्तान र उपविजेता बनेमा श्रीलंकाको क्वाटर फाइनलमा सामना गर्नेछ ।

eKantipur

Advertisements

Nepal’s men team had a very bad start in Asian Games being held in China. They lost to Hong Kong by 30 runs. Now Nepal faces Maldives in a must win match tomorrow to remain in the event.

Details to follow…

नेपालका सक्रिय दुई खेल क्रिकेट र फुटबल पदाधिकारीले बजेट उत्साहजनक रहेको बताएका छन्।

अर्थमन्त्री सुरेन्द्र पाण्डेले शनिबार प्रस्तुत गरेको आर्थिक बर्ष २०६७-०६८ को बजेटमा क्रिकेट र फुटबलका विषयमा संम्बोधन गरेपछि खेल पदाधिकारी उत्साहित भएका हुन्।

सम्बोधनका क्रममा मन्त्री पाण्डेले भने, ‘काठमाडौंको मूलपानी र रुपन्देहीको भैरहवामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट खेल मैदान निर्माण गर्न ४ करोड रुपैयाँ छुट्टाएको छु।’ फुटबल खेलमा यूवाहरुको दक्षता बृद्धि गर्न स्थानीयस्तरमा लिग म्याच संचालन गरिने मन्त्री पाण्डेले बताए।

‘क्रिकेटको पूर्वाधार विकासका यो उत्साहजनक बजेट हो। पहिलो पटक सरकारले क्रिकेटलाई ठुलो रकम छुट्टाएको छ,’ नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष उपेन्द्र भट्टराईले भने,’बजेटले क्रिकेट विकासको ढोका खोलेको छ। सरकारले सहयोग गरेपछि अब एसियाली क्रिकेट परिषद् (एसिसी) र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) पनि विकास बजेट माग्ने आधार मिलेको छ।’

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष गणेश थापाले पनि बजेटकै क्रममा फुटबललाई सम्बोधन गर्नु उत्साहजनक भएको बताए। ‘एन्फाले राष्ट्रिय लिगको अवधारणा ल्याएको छ। यसका लागि झन्डै ४ करोड खर्च हुन्छ। जिल्लास्तरबाट लिग गर्ने हाम्रो योजनामा सरकारले केही न केही लगानी गर्नुपर्छ भन्ने हाम्रो माग थियो,’ थापाले भने,’ फुटबललाई कति रकम छुट्टाएको प्रष्ट नभएपनि बजेटमा सम्बोधन हुनु अन्त्यन्तै खुसीको विषय हो। यसप्रति एन्फा र देशभरीका क्लबलाई उत्साहित बनाएको छ। अब थोरै भएपनि फुटबलमा सरकारको लगानी हुनेभएको छ।’

खेलकुदलाई पहिलो प्राथमिकतामा राख्दै प्रस्तुत भएको बजेटमा खेलकुदलाई गत बर्षको तुलनामा झन्डै दोब्बर बजेट विनियोजन गरिएको छ। युवा तथा खेलकुद मन्त्रालयको शीर्षक अन्तर्गत राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नाममा सरकारले ४९ करोड ९ लाख ९६ हजार रुपैयाँ छुट्टाएको छ। जसमा साधारणतर्फ ३८ करोड ९ लाख ९६ हजार र बाँकी ११ करोड विकास खर्च मा विनियोजन गरिएको छ। गतबर्ष विकासतर्फ ५ करोडसहित खेलकुदका लागि २७ करोड बजेट छुट्याइएको थियो। यो बर्ष राखेपको सहित मन्त्रालयका लागि सरकारले ६२ करोड ७० लाख २० हजार विनियोजन गरेको हो।

आउदो फागुनमा आयोजना हुने छैटौं राष्ट्रिय खेलकुदका लागि १० करोड विनियोजन गर्नुका साथै मन्त्री पाण्डेले प्रत्येक जिल्लामा खेलकुदका पूर्वाधार विकास र आवधिक खेलकुद प्रतियोगिता सञ्चालन गर्ने व्यवस्था मिलाइने बताएका छन्। त्यस्तै सुनसरी, चितवन, कैलाली क्षेत्रीयस्तरको खेल मैदान निर्माण कार्यलाई निरन्तरता दिनुका साथै झापाको दमकमा रंगशाला निर्माण गरिने बताए। ओलम्पिक, एसियाली खेलकुद र सागका स्वर्ण पदक विजेतालाई नगद पुरस्कारको व्यवस्था गरिने बजेटमा उल्लेख छ।
बजेटमा मन्त्रालयकै शीर्षकमा खेलकुद तथा अतिरिक्त क्रियाकलापका लागि तीन करोड २९ लाख ४ हजार छुटट्याइएको छ।

कार्यान्वयन चिन्ता
युवा तथा खेलकुद मन्त्री गणेश नेपालीले खेलकुदका लागि बजेट उत्साहजनक भएपनि त्यसको कार्यान्वयन पक्षमा जोड दिनुपर्ने बताएका छन्। ‘खेलकुदका लागि यो उत्साहजनक बजेट हो तर मुख्य विषय भनेको त्यसको कार्यान्वयन हो,’मन्त्री नेपालीले भने,’गत बर्ष विकास बजेट फ्रिज भएको थियो। यो पटक त्यस्तो नहोस। सम्बन्धित सबै पक्षले बजेट कार्यान्वयमा गम्भिर भएर लाग्नु पर्छ र सबैले सहयोग गर्नुपर्छ।’ गतबर्ष ५ करोड विकास खर्चमा राखेपले आधा पनि खर्च गर्न सकेको थिए।

NagarikNews

Nepal is on 163 FIFA ranking which was published yesterday by FIFA. Few months ago Nepal was on 161 and before that it was on 152. FIFA ranking is done after the performance of national teams in international matches but funny thing is Nepal has not played any international match lately. So how is Nepal’s ranking got affected? It is simple, if other nations which are close to Nepal in ranking do well Nepal got down vice versa.

So its a joke for ANFA that Nepal’s ranking is decided by other teams because ANFA can hardly organise international matches for Nepal.

चीनमा जारी १६ औं एसियाली खेलकुद अन्तर्गत महिला क्रिकेटमा नेपाल पदकविहीन भएको छ । बुधबार भएको खेलमा ४५ रनले जापानसँग पराजित भएपछि नेपालले पदक जित्ने आशा समाप्त भएको हो ।

जापानले प्रस्तुत गरेको १ सय ३६ रनको लक्ष पछ्याएको नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाएर ९० रन मात्र जोड्न सक्यो । नेपालका लागि निरा उपाध्यायले सर्वाधिक ३७ र नेरी थापाले २६ रन जोड्न बाहेक अन्यले दोहोरो अंकले स्कोर गर्न सकेनन् । यसअघि पहिलो ब्याटिङ गरेको जापानले निर्धारित ओभरमा ४ विकेट गुमाएर प्रतियोगीताकै सर्वाधिक १ सय ३५ रनको योगफल तयार पारेको थियो । पहिलो खेलमा नेपाल जापानसँग १० विकेटले पराजित भएको थियो ।

ekantipur

Nepalese ladies keep calm and composed while batting against Hong Kong in China

Hong Kong Women v Nepal Women
NEPAL WON BY SEVEN WICKETS
Hong Kong won the toss and chose to bat
Hong Kong: 72 for 9 off 20 overs (C.Wong 47)
Nepal: 73 for 3 off 15.2 overs

Nepalese women came off from poor show against Japan to defeat strong Hong Kong by 8 wickets. Hong Kong scored 72 runs in 20 overs by losing 9 wickets. Nepal replied with strong batting by Narry Thapa. Now Nepal has great chance to take revenge against Japan.

It is time to prove for Nepalese women that loss against Japan was just mere bad luck. Nepal takes on Japan on Wednesday 17th November. The winner of Nepal vs Japan will fight against strong Pakistan.

All the best ladies. Keep up the hard work.

ANFA Man, Enough talks no actions

It is bitter but truth that ANFA is doing nothing when all our South Asian neighbours are playing in Asian Games. We all know that South Asian Football is not par to Asian level still its a great chance to have international experience. India, Bangladesh, Maldives, Pakistan all played in Asian Games which is being held in China where as Nepalese officials (ANFA) are busy in big talks as always.

Poor ANFA, you need to take actions not only those big talks.